MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘प्रसाद’मा निश्चलको इन्ट्री

Published Date: 2018-06-06 00:00:00



केहि दिन अघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र प्रसादमा फरक र चुनौतीपूर्ण भूमिकामा निर्देशन तथा अभिनेता निश्चल बस्नेत अनुबन्धित भएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ फाइनल भइसकेको यस चलचित्रमा आफ्नो भूमिका दमदार रहेको र कथा मन परेको कारण आफूले प्रसाद खेल्न राजी भएको निश्चल बताउँछन् ।


सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको प्रसादलाई राजेश श्रेष्ठले खिच्नेछन् भने सङ्गीत सुवास भुसाल र कोसिस क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।दिनेश राउतको निर्देशकमा बनेको चलचित्रमा विपिन र नम्रता निःसन्तान दम्पत्तिको भूमिकामा देखिनदैछन् ।

loading...