MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक

Published Date: 2018-06-08 00:00:00



असोज १९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ड्रिम गर्ल’ को ‘तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द रहेको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीको अभिनय रहेको गीतलाई रारा ताल र थाइल्यान्डमा खिचिएको छ ।चलचित्रमा आकाश र आश्मासँगै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतको अभिनय रहेको छ ।ऋषिराज आचार्य निर्देशित चलचित्रलाई राहुल राई र रामेश्वर हुँमागाईंले छायाँकन गरेका छन् भने सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको छ । फिल्ममा अर्जुन शर्मा, निर्देशक आचार्य, र रामेश्वर धितालको लगानी छ ।


loading...