MJ Radio
Facebook Twitter Youtube Skype
Flag

’यो पागल मन’ को ट्रेलर सार्वजनिक

Published Date: 2018-06-08 00:00:00



कल्याण अधिकारी निर्दे्शित चलचित्र ’यो पागल मन’ को राजधानीमा कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको छ । लब स्टोरीमा बनेको चलचित्रलाई बिरेन्द्र कुमार यादव र कल्याणले मिलेर निर्माण गरेका हुन् ।सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको चलचित्रलाई अनिल गौतमले सम्पादन गरेका छन् भने भोमन कटुवाल मुख्य सहायक निर्देशन रहेको छन् ।अर्जुन पोखरेलको सङ्गीत र राजु किराँतको द्वन्द निर्देशन चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् भने कमल राईको कोरियोग्राफी रहेको छ ।चलचित्रमा विनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,विशाल श्रेष्ठ,एनी कुँवर लगायतको अभिनय रहेको छ ।चलचित्र येही असार २९ गते बाट प्रदर्शनमा आउदै छ ।


loading...