MJ Radio
Facebook Twitter Youtube Skype
Flag

महिला कलाकारहरुको सम्मान गर्यो चलचित्र विकास बोर्डले

Published Date: 2018-06-10 00:00:00



बिहीवार राजधानीमा चलचित्र विकास बोर्डले प्रदेश ३ प्रमुख अनुराधा कोइरालाको प्रमुख अतिथिमा ‘महिला सशक्तीकरणका लागि सुचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला’ आयोजना गरेको थियो ।उनले, महिला कलाकारहरुले चलचित्रमा मात्र नभएर बाहिरी समाजमा पनि सोही अनुसारको छाप छाड्ने बताइन् ।

चलचित्रकर्मी महिला सशक्तिकरण समितिमा संयोजक अभिनेत्री सरीता लामिछाने र सदस्यहरुमा रक्षा सिंह राणा, गीता अधिकारी, कविता शर्मा गेलाल तथा सचिवमा चलचित्र विकास बोर्डकी अधिकृत निर्मला चौलागाई रहेका छन् ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, साम्राज्ञी राज्यलक्ष्मी शाह, बरिष्ठ कलाकार चत्य देबी, सकुन्तला शर्मा, बसुन्धारा भुसाल र दिपाश्री निरौलालाई सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो सत्रमा सुचनाको हक बिषयक तालिमका लागि बरिष्ठ पत्रकार बबिता बस्नेतले महिला सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।

loading...