MJ Radio
Facebook Twitter Youtube Skype
Flag

भदौ १५ मा चलचित्र ‘चङ्गा चेट’

Published Date: 2018-06-10 00:00:00



चलचित्र ‘चङ्गा चेट’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाहलगायतका कलाकारको ‘चङ्गा चेट’ मा अभिनय रहेको चलचित्र भदौ १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

निर्माता माधव वाग्ले निर्मित तथा दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको केही दिनमा ‘गोजीमा दाम छैन’ बोलको गीत रिलिज हुँदैछ । चलचित्रमा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । प्रिन्सेस मुभिजको प्रस्तुति रहेको उक्त चलचित्र डार्क कमेडी जनरामा निर्माण भएको हो ।

loading...