MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सुनसरीमा मल्टिप्लेक्स हल

Published Date: 2018-06-11 00:00:00



असार १ गरेबाट औपचारिक रुपमा संचालनमा ल्याउने गरि ईटहरी र सुनसरीको मुख्य शहर ईटहरिमा पूर्वी नेपालका दर्शकलाई मध्यनजर गर्दै निर्माता छविराज ओझा र नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय मिलेर ईटहरीको आईतवारेमा सुबिधा सम्पन्न फिल्म हल संचालनमा ल्याएका छन ।

उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो प्रोजेक्सन जडान गरिएको उक्त हललाई ‘एलाईट सिनेमा’ नाम दिइएको छ । फिल्म हलमा २०८ र १४४ जनाको सिट क्षमता सहितका दुई वटा पर्दा रहेको छ ।‘एलाईट सिनेमा’ मा नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर तोकिएको छ ।

loading...