MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘चि मुसी चि’को शीर्ष गीत सार्वजनिक

Published Date: 2018-06-13 00:00:00



श्रावण ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चि मुसी चि’को शीर्ष गीत सार्वजनिक भएको छ । अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको गीतमा सुजाता पाण्डेको स्वर रहेको छ भने सन्तोष पोखरेलको शब्द, करणराज कार्कीको सङ्गीत रहेको छ ।भिडियोमा कलाकार सुनिल क्षेत्री, अलिशा शर्मा र शिवराज शर्मा पनि फिचर्ड छन् ।गीतमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा सुशान्त कार्की, शेखर अधिकारी, कमली बाइबा लगायतका कलाकारको अभिनय रहेको छ । दिनेश श्रेष्ठको निर्देशन रहेको चलचित्रमा शिवराज कार्की कार्यकारी निर्माता रहेको छन् ।चलचित्रमा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माताका रूपमा रहेका छन्


loading...