MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अष्ट्रेलियामा फेशन कलेक्सन व्यवसाय सुरु गर्दै गायक गौतम

Published Date: 2018-06-13 00:00:00



गायन तथा सांगितिक क्षेत्रमा रुचि भएका गायक आशिष गौतम ‘सचिन’को सानै देखि गीत गाउने सोख थियो ।सुरुवातमा गायनविधामा स्थान नपाउँदै गर्दा कोरियोग्राफीलाई समेत अघि बढाएका गायकले अष्ट्रेलियामा फेशन कलेक्सन सम्बन्धि व्यवसाय सुरु गरेका छन् ।मुख्यतः महिलाहरुको फेशन तथा ड्रेस कलेक्सनलाई मध्यनजर गर्दै ‘आरोही पार्टीज कलेक्सन’ नाममा आशिषले फेशन ब्राण्ड सम्बन्धि नयाँ विजनेस सुरु गरेका हुन् ।

आशिषले भने, ‘अब भने नेपाली गीत संगीत क्षेत्र र यो सँग जोडिएका व्याक्तित्वहरुसँग केहि नजिक छु, आजको दिनमा गायन क्षेत्रमा सकृयता बढाउन थप हौसला मिलेको छ ।’चाइनामा फर्नि्सिङ सम्बन्धी व्यवसाय गर्दै आइरहेका उनि सिड्नी शहरमा रहेर कुनै पनि नेपालीले फेशन विधामा सुरु गरेको विज्नेसलाई आशिषले पहिलो दाबी गरेका छन् । पार्टीज कलेक्सनलाई ध्यानमा राखेर आफ्नै छोरीको नाममा ओपनिङ गरिएको आरोही कलेक्सनमा विशेषतः महिलाहरुको लागी पार्टी सम्बन्धि ड्रेस, ब्यागसँगै आर्टि्फिसियल ज्वेलरीहरु उपलब्ध हुने उनले बताए ।

loading...