MJ Radio
Facebook Twitter Youtube Skype
Flag

स्वरकी धनी गायिका अन्जना चामलिंगको नयाँ गीत सार्वजनिक

Published Date: 2018-06-14 00:00:00



एक दर्जन भन्दा बढी गीतमा स्वर दिएकी खोटांग हलेसीमा जन्मिएकी गायिका अन्जना चामलिंगले आफ्नो नयाँ गीत "तिमि फुल बनि दिनु " यूटुबमा सार्वजनिक गरेकी छिन् ।जसमा संगीत सुजन तिगाले लिम्बुको रहेको छ भने शब्द दिनेश बस्नेत (मायालु )को रहेको छ ।गीत प्रेम भावमा आधारित रहेको छ ।गीतमा नव मोडेल सरु र बिशालले अभिनय गरेका छन् ।भिडियोलाई उरुषा पाण्डेले कोरियोग्राफी गरेको छिन् भने कुशल शर्माले सम्पादन गरेका छन् ।भिडियोलाई स्याडो प्रोडक्सनले उत्पादन गरेको छ । "आज मलाई किन किन " गीत बाट चर्चा पाएकी उनि सेन्टीमेन्टल र रोमान्टिक गीत गाउन मन पराउछिन् ।सांगीतिक क्षेत्रमा गायिका अरुणा लामालाई आफ्नो प्रेरणाको स्रोत मान्छिन ।विगत ४ वर्ष देखि गायन क्षेत्रमा सकिय बन्दै आएकी गायिका अन्जनाले गुरु निराश मगर संग ३ वर्ष शास्त्रीय संगीतको ज्ञान हासिल गरेकी छिन् ।


loading...