MJ Radio
Facebook Twitter Youtube Skype
Flag

स्वस्तिमाको ‘उम्लियो भने पोखिन्छ…’को भ्युअर बढ्दै

Published Date: 2018-06-25 00:00:00



आउँदो दसैमा रिलिजको तयारीमा रहेको अशोक शर्मा निर्देशित कमेडी जनराको जय भोले चलचित्रको ‘उम्लियो भने पोखिन्छ…’ गीत नेपालको युट्युब ट्रेन्डिङमा बसिरहेको छ । ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु…’ गीतमा कम्मर मर्काएकी स्वस्तिमाले निकै चर्चा र भ्युज पाएकी थिइन् ।चलचित्रको यस गीतमा स्वस्तिमासँगै खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र राजाराम पौड्याललाई देख्न पाइन्छ ।फिल्मकी मुख्य हिरोइन पनि स्वस्तिमा नै हुन् । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको छ ।स्वस्तिमाको ‘कुटुमा कुटु…’को जस्तै यस गीतले नी रेकर्ड बनाउला त ?अहिलेसम्म गीतको भ्युज १५ लाख नाघिसकेको छ ।


loading...