MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘नाइँ नभन्नू ल ५’काे पहिलो लुक्स सार्वजनिक

Published Date: 2018-06-25 00:00:00



भदौ ८ गते बाट रिलिजमा आउन लागेको चलचित्र नाई नभन्नु ल ५ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग छ ।चलचित्रमा दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने चलचित्रको छायाङ्कन पुरुषोत्तम प्रधानले गरेका हुन् । वसन्त सापकोटाको सङ्गीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । निर्देशक विकास आचार्यका अनुसार चलचित्रको फस्ट लुक चलचित्र भित्रको कथा अनुसार सार्वजनिक गरिएको बताए ।

loading...