MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक

Published Date: 2018-06-26 00:00:00



अभिनेता सलोन बस्नेतको प्रमुख भूमिका रहेको नयाँ चलचित्र ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक भएको छ । सलोन हाबी ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वलाई मुख्य स्थान दिइएको छ । यही असार २९ मा प्रदर्शन हुने यो चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।सोमबार निर्माण पक्षले युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन् । चलचित्रलाई कलाकार शोभित बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्र बाबु कान्छामा पहिलो पटक बुवा शोभित बस्नेतको निर्देशनमा सलोनले काम गरेका हुन् ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सलोनका अलावा करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।उक्त चलचित्रमा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीर’ को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् ।


loading...