MJ Radio
Facebook Twitter Youtube Skype
Flag

स्वस्तिमाको नयाँ अवतार

Published Date: 2018-06-26 00:00:00



स्वस्तिमा खड्कालाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘बुलबुल’ बन्ने भएको छ । स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन् ।सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा कथा तथा पटकथा पनि विनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायाङ्कन रहने चलचित्रमा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । कोेशिश क्षेत्री र उदगम परियारको सगीत रहेको चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।
राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथा यस चलचित्रले बोल्नेछ । स्वस्तिमाले आफ्ना लागि टेम्पो चालकको भूमिका चुनौतीपूर्ण रहेको बताइन् । उनी भन्छिन्, ‘पहिलो पटक फरक भूमिकामा देखिँदैछु । मेरा लागि यो ठूलो चुनौती र अवसर हो ।’ उनले करीब २ महिना लगाएर टेम्पो सिकेको पनि बताइन् ।
उक्त चलचित्रका लागि कोशिश क्षेत्री र मलिना पौडेलले गीत लेखेका छन् भने स्वर रजीना रिमाल र निश्चल बस्नेतले दिएका छन् । शुशन प्रजापतिको छायांकन रहने यस चलचित्रलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्दैछन् ।

‘बुलबुल’ मा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । विनोद पौडेलले यो चलचित्रलाई निर्देशन गर्दैछन् । चलचित्रमा उनकै कथा तथा पटकथा रहेको छ ।स्वस्तिमा खड्कालाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘बुलबुल’ बन्ने भएको छ । स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन् ।सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा कथा तथा पटकथा पनि विनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायाङ्कन रहने चलचित्रमा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । कोेशिश क्षेत्री र उदगम परियारको सगीत रहेको चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।
राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथा यस चलचित्रले बोल्नेछ । स्वस्तिमाले आफ्ना लागि टेम्पो चालकको भूमिका चुनौतीपूर्ण रहेको बताइन् । उनी भन्छिन्, ‘पहिलो पटक फरक भूमिकामा देखिँदैछु । मेरा लागि यो ठूलो चुनौती र अवसर हो ।’ उनले करीब २ महिना लगाएर टेम्पो सिकेको पनि बताइन् ।
उक्त चलचित्रका लागि कोशिश क्षेत्री र मलिना पौडेलले गीत लेखेका छन् भने स्वर रजीना रिमाल र निश्चल बस्नेतले दिएका छन् । शुशन प्रजापतिको छायांकन रहने यस चलचित्रलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्दैछन् ।

‘बुलबुल’ मा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । विनोद पौडेलले यो चलचित्रलाई निर्देशन गर्दैछन् । चलचित्रमा उनकै कथा तथा पटकथा रहेको छ ।



loading...