MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘रोमियो एण्ड मुना’ नेपाल र अमेरिकामा एकसाथ रिलिज

Published Date: 2018-06-26 00:00:00



नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा ‘रोमियो एण्ड मुना’ चलचित्र प्रदर्शन गर्न लागेको हो । नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’ को अमेरिका राइट्स लिएका छन् ।अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘रोमियो एण्ड मुना’ नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र साउन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ‘रोमियो एण्ड मुना’अमेरिका राइट्स रहका छन् ।
‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । निर्देशक केसीको पटकथा रहेको चलचित्रमा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् ।चलचित्रमा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । उक्त चलचित्र प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् ।
चलचित्रको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि चलचित्र बिक्री भएको निर्माता गोपालीको भनाई छ ।

loading...