MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ओ.एस.नेपाल म्युजिक अवार्डको नोमिनेसन सार्वजनिक

Published Date: 2018-06-27 00:00:00



ओएसनेपाल म्युजिक अवार्ड–२०७५का उत्कृष्ट पाँचमा परेका मनोनितहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । लामो समयदेखि नेपाली गीत संगीत र सत्य तथ्य खबर सम्प्रेसन गर्दै आएको अनलाइन पत्रिका ओएसनेपाल डटकमले आयोजना गरेको उक्त अवार्डका उत्कृष्ट पाँचमा पर्न सफल भएका कलाकार, श्रष्टाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । ओएसनेपाल म्युजिक अवार्डको दोश्रो सस्करणमा रुपमा रहेको यस अवार्डको ७४ वटा विधाका टप ५ का मनोनितहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण कार्यक्रममा कलाकार, पत्रकारलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कलाकार र सृजनाको सम्मान गर्ने हेतुले ओएसनेपाल म्यूजिक अवार्डको दोश्रो सस्करणमा ७४ ओटा विधा समेटिएको छ। हाल सम्मकै सर्वाधिक विधा समेटिएको अवार्डको रुपमा ओएसनेपाल म्यूजिक अवार्ड पर्दछ । कलाकर्मीहरुको पर्वको रुपमा लिन सकिने उक्त अवार्डले कलाकारको उचित सम्मान हुने ओएसनेपालका अध्यक्ष निर्देशक केश बहादुर कार्कीले जानकारी दिए ।

अवार्डसँग प्रत्यक्ष सरोकार रहने व्यक्तिहरुको साथ र समर्थनले आगामी दिनमा पनि यस्ता अवार्ड वितरण कार्यक्रम गरेर कलाकार तथा स्रष्टाहरुलाई सम्मान गर्दै हौसला प्रदान गर्न उत्साह जाग्ने अध्यक्ष कार्कीले जानकारी दिए । उनकाअनुसार अवार्ड वितरण कार्यक्रम भने यही असार २४ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरमा गरिनेछ ।

loading...