MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका मेनुका राई र रुपकुमार राईको गीतमा "नौ लाई सुन्य नब्बे" बनिन ज्योती मगर

Published Date: 2018-06-28 00:00:00



चर्चित गायिका मेनुका राई र लोकप्रिय गायक रुपकुमार राईको  नौ लाई सुन्य नब्बे बोलको गीतमा ज्योती मगरको मस्ति  रहेको म्युजिक भिडीयो सार्बजनिक भएको छ। डि.आर. अटुको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो यु ट्युब च्यानलबाट सार्वजनिक भएको हो ।


विन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले शुक्रबार रिलिज गरेको गीतको शब्द-सङ्गित डि.आर.अटुको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ। अजय रेग्मीले खिचेको भिडियोको निर्देशन काजीश श्रेष्ठको रहेको छ भने सम्पादन दिपक बिष्टले गरेका छन्। गीतको भिडियोमा चर्चीत गायिका तथा मोडल ज्योती मगर र काजीश श्रेष्ठको अभिनय रहेको छ।


सधै हट एण्ड सेक्सी भिडीयोहरुमा देखिने र विवादीत भईरहने ज्योति मगर यस गीतमा भने मौलिक परम्परागत पहिरनमा उत्रिएकी छन्। यस किसिमको पहिरन लगाएर प्रस्तुति भएको देख्दा पछिल्लो अबस्थामा उनले आफ्नो विवादीत छवीलाई परिवर्तन गर्न खोजेको हो कि भन्ने लाग्छ।उता गायिका मेनुका राई सधै आफ्नो मौलिकतालाई बढी प्राथामिक्तामा राखे पनि यो पाली भने नेपाली मौलिक्ता नै झल्कने किसिमको गीतमा स्वर भर्न पुगेकी छिन्।


loading...