MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ’मायाङ्क’ को औपचारिक निर्माण घोषणा

Published Date: 2018-06-28 00:00:00



नेपाली चलचित्र ’मायाङ्क’ भदौ पहिलो साताबाट छायांकनमा गई माघमा रिलीज गर्ने तयारीमा रहेको निर्माता खतिवडाले बताए । ’मायाङ्क’ प्रेम कथा मा आधारित चलचित्र हो ।प्रेम कथामा बन्ने यस चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रम गर्दै औपचरिक घोषणा गरेको हो ।चलचित्रमा चारै जनाको बराबर भूमिका रहने बताईएको छ तर, एक नायिका भने कार्यक्रममा थिइनन् । कार्यक्रममा चलचित्रका प्रमूख चार कलाकारहरु मध्ये तीनजना प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको उपस्थिती थियो ।कथाको मागअनुसार अर्की नायिकाको नाम समेत खुलाउन नमिलेको कार्यक्रममा बताईयो ।चलचित्रलाई रोमी मानन्धरले निर्देशन गर्दै्छिन् । उनले पहिलोपटक चलचित्र निर्देशन गर्न लागेकी हुन् । चलचित्रबारे बोल्दै उनले मिठो प्रेमकथामा चलचित्र बन्ने लागेको बताइन् ।

यस चलचित्रमा सुशील उप्रेतीको प्रमुख भूमिका रहेको छ ।नव नायक पहिलानै चलचित "लूट" र "लूट २"मा अभिनय गरेका छन् । सुशीलले ’लुट’ र ’लुट २’ चलचित्रमा सानो भूमिकामा अभिनय गरेता पनि मूख्य भूमिकामा भने ’मायाङ्क’ नै पहिलो चलचित्र हो ।लचित्रमा अभिनय गर्न आफुले डेढ बर्षदेखी मेहनत गरिरहेको नव नायक शुसिल उप्रेतीले बताए । ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका उप्रेतीले आफुले निर्देशकले चाहेअनुसारको चलचित्र दिनको लागि पुरा मेहनत गरिरहेको बताए ।

चलचित्रका निर्माता जितेन्द्र खतिवडाले आफुले निर्देशक मानन्धरलाई पूर्ण बिश्वास गरेको बताए । मार्के्टिङ्कका ज्ञाता तथा व्यापारी खतिवडा एक्लैले यो चलचित्र बनाउन लागेका हुन् । नयाँ तरिकाबाट चलचित्रलाई बेच्ने योजनासहित यो चलचित्र निर्माण गर्न लागेको उनले बताए । चलचित्र प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।

loading...