MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘ईन्टु मिन्टु लण्डन’ को टिजर सार्वजनिक

Published Date: 2018-06-29 00:00:00



चलचित्र ‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर सार्वजनिक भएको छ ।नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको मुख्य भूमिका रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन चलचित्र हो ।चलचित्रमा शारुक ताम्रकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतको अभिनय रहेको छ ।

फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।आइकोर फिल्मसको प्रस्तुती रहेको ‘ईन्टु मिन्टु लण्डनमा’ लाई प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेर जवरा मिलेर बनाएका हुन् । फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।


loading...