MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘कहिँ कतै’को नयाँ गीत सार्वजनिक

Published Date: 2018-06-29 00:00:00



चलचित्र ‘कहिँ कतै’को नयाँ गीत ‘यो मौसम’को भिडियो सार्वजनिक गरिएको छ । थुप्देन भूटिया र मेलिना राईको स्वर रहेको गीतमा सचिन सिंहको संगीत र मनोज राजको शब्द रचना रहेको छ ।भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ‘बेबी’ गिरीको अभिनय रहेको छ । सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका छन् । चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ ।शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।कहिँ कतै’लाई शबिर श्रेष्ठले लेखन-निर्देशन गरेका हुन् ।चलचित्र श्रावण २५ गते बाट रिलिजमा आउदै छ ।


loading...