MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘बोबी’ को पोष्टरहरु सार्वजनिक

Published Date: 2018-06-29 00:00:00



उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित चलचित्र ‘बोबी’ को पोष्टरहरु सार्वजनिक भएका छन् ।लिलिबिली’, ‘ब्लाइन्ड रक्स’, ‘वीर विक्रम’ जस्ता चलचित्र निर्देशन गरिसकेका मिलन चाम्स यस चलचित्रमा निर्देशक रहेका छन् ।उनी यो चलचित्र आफ्नो लागि महत्वपूर्ण रहेको बताउँछन् ।चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।चलचित्र यही असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।

loading...