MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक संगम लिम्बुले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा…’सार्वजनिक

Published Date: 2018-07-01 00:00:00



गायक संगम लिम्बुले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा…’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । दर्जन बढी गीतमा संगीत र स्वर भरेका उनले यो गीत फरक शैलीको बनाउने प्रयास गरेको बताएका छन् ।उनले संगीत विना पनि शब्दमा यो गीत गाएका छन् । ‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ । दर्शक स्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी रहेको छु’, उनले भने ।

संगमकै शब्द, संगीत र स्वरमा रहेको यो गीतमा सुगम शैली र लोक प्याट्रनभन्दा फरक रहेको छ । महेश महराको छायांकन, विरेन्द्र भाट ‘विपिन’ र संगमको निर्देशनमा तयार भएको भिडियोमा संगमसँगै शान्ति लिम्बु, दीपा र मनले अभिनय गरेका छन् ।


loading...