MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘यो पागल मन’ को पोस्टर सार्वजनिक

Published Date: 2018-07-02 00:00:00



चलचित्र ‘यो पागल मन’ को पोस्टर सार्वजनिक भएका छन् । अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपानेको प्रेमभाव सार्वजनिक पोस्टरमा देखिन्छ ।यी दुई अलावा चलचित्रमा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको अभिनय रहेको छ ।कल्याण अधिकारी निर्देशित यस चलचित्रलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् ।

कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।चलचित्र यही असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

loading...