MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘पुरानो बुलेट’ को छांयाकन सुरु

Published Date: 2018-07-02 00:00:00



असार १६ गते शनिबारदेखी काठमाडौंबाट फिल्म ‘पुरानो बुलेट’ को छांयाकन सुरु भएको छ ।पुरानो बुलेट मा नायक अनुप विक्रम शाही, नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिकामा रहेको छ भने यी तीनको अलावा फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे पनि अभिनय रहेको छ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई भिषण राईले निर्देशन गरिरहेका छन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो ।१ करोड बढीको लागतमा निर्माण हुने फिल्मलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयुक्त रुपमा निर्माण गर्दैछन् । फिल्म कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।‘टिम मिलेर राम्रो फिल्म बनाउने प्रयास गर्दैछौं, निर्देशक राई भन्छन् ।

loading...