MJ Radio
Facebook Twitter Youtube Skype
Flag

टोकियोमा नेपथ्य

Published Date: 2018-07-02 00:00:00



जुलाइको सात तारिख शनिबारका दिन राजधानी टोकियो स्थित ‘टोकियो डोम सिटी हल’मा नेपथ्यका सर्वकालीक हिट गीतहरु गुञ्जिने भएका छन् । तीन वर्षअघि टोकियोकै कामदास्थित एप्रिकोट हलका दर्शकहरुसँग बिदा लिँदैगर्दा नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुखद समयको गीत सुनाउन छिट्टै फेरि जापान आउने प्रतिज्ञा गरेका थिए ।

त्यतिबेला नेपालमा भर्खरै महाभूकम्प गएको थियो । पूर्वनिर्धारित कार्यक्रम भएकाले गर्नैपर्ने अवस्था आइपरेपछि ब्याण्डले भूकम्प पीडितलाई नै समर्पित गर्दै त्यो कन्सर्ट सम्पन्न गरिदिएको थियो । त्यस कन्सर्टबाट उठेको रकमबाट नेपथ्यले त्यतिबेलै भूकम्प राहतको लागि सहयोग गरेको थियो ।

‘यसपटक मनोरञ्जन होइन, समवेदना बाँड्न आयौं,’ नेपथ्यका सर्वाधिक रुचाइएका गीतहरु नै नगाइएको त्यस कन्सर्टको समाप्तीमा अमृतले भनेका थिए, ‘तपाइहरुलाई छमछमी नचाउन फेरि भब्य तयारीको साथ छिट्टै जापान आउने छौं ।’
र, यसै साता त्यो बाचा पुरा हुनेभएको छ । जापानकै महत्वपूर्ण कन्सर्ट आयोजनास्थलमा यसपाला नेपथ्य प्रस्तुत हुन गइरहेको छ ।

‘बब डिलन’, ‘कोल्ड प्ले’ र ‘मिस्टर बिग’ जस्ता कलाकारहरुले प्रस्तुती दिइसकेको त्यस हलमा ‘स्टेट अफ दी आर्ट साउण्ड सिस्टम’ जडित छ जसबाट निस्केका आवाजलाई अझ विशेष बनाउन ‘साउण्ड एब्जर्बिङ अकोस्टिक वाल’ लगाइएको नेपथ्यले जनाएको छ ।

loading...