MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘बाबु कान्छा’को शीर्ष गीत सार्वजनिक

Published Date: 2018-07-04 00:00:00



शम्भुजित बाँस्कोटा पछिल्लो समय उनले गाएका गीत निकै कम सुन्न पाइन्छ ।शम्भुजित बाँस्कोटाले गाएका धेरै गीत सुन्न पाइन्थ्यो । एकसमयका चलेका गायकको रूपमा चिनिन्थे ।चलचित्रका गीत संगीतमा कमै मात्र सक्रिय रहेका बाँस्कोटाले असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’ को शिर्ष गीत गाएका छन् ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।
मंगलवार यूट्युबमा रिलिज भएको गीतमा गायक तथा संगीतकार टंक बुढाथोकीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता "सलोन बस्नेत "र अभिनेत्री "करिश्मा श्रेष्ठ" फिचर्ड छन् ।ओएसडि भनिएको गीतमा चलचित्रमा सलोनको भूमिका के रहनेछ भन्ने कुरालाई प्रस्तुत गरिएको छ । चलचित्रलाई बरिष्ट कलाकार शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् ।
उक्त चलचित्रमा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीर’ को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् ।


loading...