MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘कहिँ कतै’का अफिसियल पोस्टर सर्वजनिक

Published Date: 2018-07-06 00:00:00



नेपाली चलचित्र ‘कहिँ कतै’का तीन अफिसियल पोस्टर रिलीज भएका छन् । पोस्टरमा नायक दिलीप रायमाझीको साथमा नव-कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमूख स्थान दिईएको छ भने एक पोस्टरमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ‘बेबी’ गिरीलाई समेटिएको छ ।अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको छ । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।श्रावण २५ गते रिलीज हुने वयाको छ ।

loading...