MJ Radio
Facebook Twitter Youtube Skype
Flag

केदार र पूजा नजिकिदै

Published Date: 2018-07-10 00:00:00



सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘रामकहानी’मा माग्ने बुढा महंगो पारिश्रमिक दश लाख लिएर ‘छक्का पञ्जा’ समुह भन्दा बाहिर रहेर फिल्म ‘रामकहानी’मा अभिनय गरेका छन् । रिलमा भूमिका जे जस्तो भएपनि रियलमा भने माग्ने बुढाको ‘रामकहानी’की सोलो नायिका पूजा शर्मासँग दोस्ती जमेको छ । प्रि प्रोडक्सनदेखि सुरु भएको केदार र पूजाको दोस्तीयारी छायाँकन सकिंदासम्म निकै गाढा भएको देखिन्छ । पूजाकै आग्रहमा केदारले सेटमा खसी समेत काटेर खुवाएका थिए । सुटिंगसँगै सार्वजनिक कार्यक्रममा पनि केदार र पूजा निकै नजिक देखिन्छन् ।

सुदर्शन र पूजा मिलेर बनाएको ‘रामकहानी’मा केदार र पूजासँगै नायक आकाश श्रेठ, कलाकारहरु जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतको अभिनय छ । संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्मको यतिबेला पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।चलचित्र भदौ २२ गते देखि प्रदशनीमा आउदै छ ।

loading...