MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘पण्डित बाजेको लौरी’को यस्तो छ सार्वजनिक पोस्टर

Published Date: 2018-07-11 00:00:00



केही समयअघि एक गीत र ट्रेलर सार्वजनिक गरिएको बादी समुदायसँगै पण्डित्याईँ गर्नेहरुको बिभिन्न रुपलाई देखाइएको चलचित्र ‘पण्डित बाजेको लौरी’को पोस्टर सार्वजनिक भएको छ ।चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई दिपक ओललिे निर्देशन गरेका हुन् । यसअघि उनले रोल्पा रोग निर्देशन गरेका थिए । अधृत फिल्मस् प्रालीको ब्यानरबाट निर्माण भएको चलचित्रलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले लगानी गरेका हुन् ।चलचित्रमा कथा, पटकथा र संवाद महेश दवाडीको हो भने छायाँकन बिदुर गिरीको रहेको छ । मित्र डि.गुरुङको सम्पादन रहेको चलचित्रमा विक्रम स्वँर र दीपकमान सिंहको कोरियोग्राफी रहेको छ । चलचित्रमा संगीत श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको रहेको छ । चलचित्र साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

loading...