MJ Radio
Facebook Twitter Youtube Skype
Flag

यस्तो हुनेछ उड्न सक्ने कार, दुई वर्षमा बजारमा आउने

Published Date: 2015-03-20 00:00:00



ट्राफिक जाम छलेर हावामा उड्न सक्ने कारको निर्माण आविष्कारक तथा वैज्ञानिकहरुका लागि लामो समयदेखिको सपना बन्दै आएको छ । तर स्लोभाकियाका वैज्ञानिकहरुले भने अब यसलाई यथार्थमा परिणत गर्दैछन् । आगामी दुइ वर्षभित्रमा यसको व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य वैज्ञानिकहरुको छ ।

एरो मोबिल नामको यो उड्ने कार एक ट्यांक पेट्रोलबाट ४ सय ३० माइल उड्न सक्छ । यो उड्ने मात्र होइन गुड्न पनि सक्छ र पार्किङमा राख्दा यसका पखेटा खुम्च्याएर सामान्य स्वरुपमा ल्याउन सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार यो उड्ने कारमा विद्यमान गुड्ने सवारी साधनका साथै उड्ने जहाजको प्रविधि र पूर्वाधारको सम्मिश्रण गरिएको छ । यसले घरदैलो परिवहनको ढोका खोल्ने दाबी उनीहरुको छ ।Image title

यसमा कारमा जस्तै केही विशेषताहरु रहनेछन् । जस्तै- गाडी पार्किङ गर्ने सामान्य स्पेसमा पार्किङ गर्न मिल्नु र इन्धन भर्नका लागि पेट्रोल पम्पहरुमा चाहिएको बेला ओरालेर इन्धन भर्न सक्नु ।

एरो मोबिल कम्पनीका अनुसार यो उड्ने कारको निर्माण सकिएको छ र यो अहिले नियमित परीक्षण उडानमा रहेको छ, सन् २०१४ को अक्टोबरदेखि ।

कम्पनीका सिइओ जुराज वाकुलिकका अनुसार सन् २०१७ बाट यो कारको बिक्रि सुरु हुनेछ । कम्पनीले ड्राइभरले चलाउने मात्र नभै ड्राइभर नचाहिने अर्थात् स्वचालित उड्ने कार समेत निर्माण गरिरहेको उनले खुलासा गरे ।

कम्पनीका अनुसार यो कार ड्राइभर र यात्रु दुवैका लागि आरामदायी छ । साथै यसमा अल्ट्रालाइट र स्पोर्ट कार दुवैको क्षमताको मिश्रण रहेको छ ।

कम्पनीका प्रवक्ताका अनुसार परीक्षण उडानमा रहेको एरोमोबिल कार तेश्रो चरणको उत्पादन हो । सन् १९९० देखि उड्ने कारको अनुसन्धानमा जुटेको यो संस्थाले यसअघि विभिन्न दुइवटा उड्ने कार बनाएपनि ती कारहरुको स्वरुप र क्षमताका कारण व्यवसायिक प्रयोगमा पठाउन नसकिने ठहर गर्दै थप परिस्कृत गरी तेश्रो पुस्ताको उड्ने कार निर्माण गरेको हो ।Image title

आगामी अक्टोबर २९ मा अस्टि्रयामा आयोजना हुने पायोनियर फेस्टिभलमा कम्पनीले यो उड्ने कारलाई प्रदर्शनीमा राख्ने योजना बनाएको छ ।

कम्पनीले यो उड्ने कार सहरका सडकमा कसरी गुड्छ र उड्छ भन्ने देखाउन एक भिडियो समेत तयार गरेको छ ।

यो कारको तौल ४ सय ५० केजी रहने र यसमा दुइ जना मानिस चढ्न सक्ने कम्पनीले जनाएको छ ।


loading...