MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ल अब केटाहरुलाई दाह्री पाल्दा फाइदै फाइदा

Published Date: 2015-07-19 00:00:00



धेरै पुरुष दाह्रीको भारी बोक्न चाहँदैनन् । अनुहारमा दाह्री उम्रिन थालेपछि धेरैले खौरिहाल्छन् । हाई पर्सनालिटीका लागि पनि दाह्री फालेर चिटिक्क पर्नुपर्ने धेरैको बुझाइ छ । दाह्री नखौरिनुलाई अल्छीपनको संज्ञा पनि दिने गरिन्छ । केही समयअघि न्युजिल्यान्ड र क्यानडामा गरिएको एक अध्ययनले त दाह्री पाल्ने पुरुषप्रति महिलाको आकर्षण नै कम हुने निष्कर्ष निकालेको थियो । तर, दाह्री पाल्दाका केही महत्त्वपूर्ण फाइदा छन्, जे दाह्री काट्नेले गुमाइरहेका छन् ।


छालाको क्यान्सर रोक्छ
रिसर्चबाट यो प्रमाणित भएको छ कि सूर्यबाट निस्किने हानिकारक ‘युबी’ किरणको नोक्सानीलाई दाह्रीले रोकिदिन्छ । मानव शरीरमा निकै नोक्सान पुर्‍याउने यो किरणले क्यान्सरसमेत निम्त्याउन सक्छ । दाह्रीले यो हानिकारक किरणलाई ९५ प्रतिशतसम्म रोक्न सक्छ ।


एलर्जी हुन दिँदैन
कतिपय व्यक्तिलाई दाह्री खौरेपछि छाला चिलाउने, बिबिरा आउने र पछि घाउकै रूप लिई ठूलो समस्या जन्मिने हुन्छ । तर, दाह्री पाल्ने पुरुष छालाको एलर्जीसम्बन्धी समस्याबाट टाढै रहन्छन् ।


जवान राख्छ
दाह्री नखौरिने पुरुषलाई मिल्ने अर्को फाइदा हो, सधँै जवान देखिन पाउनु । दाह्री खौरिने व्यक्तिको अनुहारको छालामा केही वर्षपछि बुढ्यौलीपन देखिन थाल्छ । बारम्बार खौरिँदै जाँदा दाह्री जर्खरिएर पलाउन थाल्छ । कैँचीले काटेर मिलाउने तर दाह्री नखौरिने व्यक्तिको अनुहारको चमक जवान रहिराख्छ ।


दाग–धब्बा र इन्फेक्सनबाट टाढा
दाह्री खौरिँदा कहिलेकाहीँ छालासमेत काटिने र अनुहारमा दाग–धब्बा बन्ने गर्छ । कहिले त काटिएको ठाउँमा इन्फेक्सन भएर ठूलै समस्या निम्तिने गर्छ । दाह्री पाल्ने व्यक्ति यो समस्याबाट टाढै रहन पाउँछ ।


नेचुरल मोस्चराइजर 
अनुहारको छालाको चमक जोगाइराख्न कतिपय पुरुषहरू विभिन्न ब्रान्डका सनस्क्रिन क्रिम प्रयोग गर्ने गर्छन् । छाला बिग्रिएको तनाव कम गर्न मोस्चराइजर क्रिम लगाउँछन् । तर, दाह्री नै एक मात्र नेचुरल मोस्चराइजर हो, जसले अनुहारको छाला स्वस्थ राख्न मद्दत गर्छ ।
नया पत्रिका दैनिक बाट साभार गरियको ।

loading...