MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अप्रिलीयाको २४ लाख पर्ने नयाँ मोटरसाइकल नेपाली बजारमा

Published Date: 2015-08-28 00:00:00



Image title

युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाईक अप्रिलीयाकोे डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ ।अप्रिलीयालाई नेपाली बजारमा पहिलो पटक जे एण्ड जे इन्टरनेशनले ल्याएको हो। 

यो अप्रिलियाको पहिलो बिग बाईकको रुपमा नेपालमा भित्रिएको हो । यो मोटरसाइकलकोे बजार मूल्य २४ लाख रुपैयाँ रहेको छ । यो मोटरसाईकल मुख्यत स्पोर्टस बाइकको रुपमा परिचित भए पनि स्पोर्टस र सुपर मोटार्डको कम्बिनेशनमा तयार गरिएकोले यसलाई पिचरोड र अफरोड दुवैमा सजिलै कुदाउन सकिने छ ।   

यसमा मोनोसक, डबल डिस्क रहेको छ भने पेट्रोल ट्यांक १२ लिटरको रहेको छ । यो मोटरसाइकल जस्तोसुकै चिप्लो बाटोमा पनि नचिप्लने बनाइएको छ। यसका लागि टायरको ग्रीपलाई मजबुत बनाउनको लागि छुट्टै मोडको व्यवस्था गरिएको छ । यो बाईकलाई रेसिङ्गका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले प्रयोग गरिसकेका छन् । जे एण्ड जेले निकट भविष्यमानै अप्रिलिया आरएस ४ १२५ नामक मोटरसाईकल ल्याउने तयारी गरिरहेको पनि कम्पनीका सञ्चालक निपेन श्रेष्ठले जानकारी दिएका छन्। 

loading...