MJ Radio
Facebook Twitter Youtube Skype
Flag

के रहस्य लुकेका छन् विश्वका चर्चित कम्पनीका लोगोका पछाडि?

Published Date: 2015-09-05 00:00:00



Image titleगुगलले नयाँ कम्पनी अल्फाबेट बनाएपछि आफ्नो प्रख्यात लोगो परिवर्तन गरेको छ। नयाँ लोगोमा डट्स र जी आइकनमा बढी ध्यान दिइएको छ। गुगलको आधिकारीक पेजका अनुसार पहिले गुगल डेस्कटपमा मात्र थियो तर अब यो लोगो सानो भन्दा सानो स्क्रिनमा हेर्न सकिने छ। गुगल जस्तै अन्य धेरै यस्ता कम्पनी छन्, जसको लोगोमा कुनै न कुनै रहस्य लुकेको छ।

 अमेजनःसंसारको सबैभन्दा ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको लोगोमा ए र जेड अक्षर छन् जसले ए देखि लिएर जेड सम्मका उत्पादनहरु कम्पनीले बेच्ने गरेको जानकारी दिन्छ। यसका साथै यी दुई शब्द जोड्न तीरको प्रयोग गरिएको छ जसले खुशीलाई दर्शाउँछ। 

 फेडएक्सःफेडएक्स कम्पनीको लोगो हेर्नमा त्यति विशेष त छैन तर सुन्तला रङ्गले लेखिएको इ र एक्सलाई ध्यान पूर्वक हेर्ने हो भने बीचमा एक तीर देखिन्छ र कम्पनीका अनुसार यसको अर्थ भविष्य तर्फ बढ्दै जाउँ भन्ने हो।

 एप्पलःएप्पलको लोगोलाई बाइबलको एडम र इभको कहानीबाट लिइएको हो। काटिएको स्याउले ज्ञानको रुखको फललाई बुझाउँछ। मर्सिडीजःमर्सिडीजको तीन तारा लोगोको अर्थ यो हो की कम्पनीको वर्चस्व धर्ती, आकाश र पानी तीनवटैमा छ।

भक्सवागनःजर्मन भाषामा भ लाई फ उच्चारण गरिन्छ। यसअाधारमा भक्सवागन नभनेर फक्सवागन भनिन्छ जहाँ फक्स (folks) अर्थ मानिस र वागनको अर्थ कार हुन्छ। यसलाई मानिसहरुकाे कार भनेर बुझाउन खाेजिएकाे हाे। यसको लागाेले त्यही v र w काे स‌ंयाेजन बुझाउँछ।

loading...