MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अब जति बिजुली बाल्यो त्यतिको मात्रै पैसा तिर्नुपर्ने

Published Date: 2015-10-12 00:00:00



नेपाल विद्युत प्राधिकरणले ग्राहकले जति विद्युत बाल्यो त्यत्ति नै रकम लाग्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।

अहिले विद्युत प्राधिकरणले तोकेको न्युनतम युनिटको रकम उपभोक्ताले तिर्दै आएका छन् ।

यसका लागि विद्युत महसुल निर्धारण आयोगले गृहकार्य गरिरहेको छ । विद्युत महसुलमा सुधार गरी ग्राहकहरुको वर्गिकरण गर्न प्राधिकरणले जनाएको छ । न्युनतम युनिट तोकेर त्यसवापत लाग्ने शुल्क उपभोक्ताबाट  उठाउन लागिएको प्राधिकरणले जनाएको छ ।

फिक्स चार्ज तोकेर केही सेवा दस्तुर लिइने तयारी भइरहेको विद्युत महसुल निर्धारण आयोगले जनाएको छ ।

अहिले ग्राहकले २० युनिटको  न्युनतम ८० रुपैयाँ तिर्नु पर्दछ । तर प्राधिकरणले नयाँ नियम लगाएपछि ८० रुपैयाँको स्थानमा न्युनतम ५० रुपैयाँ तिर्ने र बाँकी प्रतियुनिट २ रुपैयाँ तिर्नुपर्ने गरी गृहकार्य गरिरहेको आयोगले जनाएको छ ।

एक वर्षअघि प्राधिकरणले विद्युत महसुल २० प्रतिशतका दरले बढाएपछि सर्वोच्चले तत्काल नबढाउन निर्देशन दिएको थियो ।

loading...