MJ Radio
Facebook Twitter Youtube Skype
Flag

PSY - DADDY(feat. CL of 2NE1) M/V

Published Date: 2015-12-04 05:30:09



‘गङनम स्टाइल’बाट बिश्वचर्चित बनेका दक्षिण कोरियाली गायक पीएसवाईले नयाँ गीत ‘ड्याडी’ बजारमा ल्याएका छन् ।

नयाँ गीतमा उनी बालकदेखि बाबुसम्मको भूमिकामा देखिएका छन् । करिव गङनम स्टाइलकै शैलीमा गाइएको यो गीत केही दिनमै लोकप्रिय भइसकेको छ ।

नयाँ गीत नोभेम्बर ३० तारिखमा युट्युवमा अपलोड गरिएकोमा बिहिबार बिहानसम्म झण्डै एक करोड ८० लाख पटक हेरिएकाे छ । 

सन् २०१२ मा सार्वजनिक उनको ‘गङनम स्टाइल’ अहिलेसम्म २ अर्ब ४६ करोडपटक भन्दा बढि पटक हेरिसकिएको छ । यो नै युट्युवमा अहिलेसम्म सर्वाधिक हेरिएको भिडियो हो ।

त्यसयता पीएसवाईले केही नयाँ गीत दर्शकमाझ ल्याएपनि पहिलेजस्तो सफल हुन सकेनन् ।

हेर्नुहोस् नयाँ गीतको भिडियो


loading...