MJ Radio
Facebook Twitter Youtube Skype
Flag

जाडो मौसममा ओठ फुटेर सुन्दरता बिग्रने डर

Published Date: 2015-12-04 00:00:00



ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ। केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने डर हुन्छ। जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ। बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ। चिसो मौसममा बाहिर ननिस्केमा पनि ओठ फुट्नबाट बचिन्छ, तर यो सम्भव हुँदैन। 

त्यसैले बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा केही बचावट हुन सक्छ।राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, फुट्ने प्रकृया कम हुन्छ।ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन्। 

यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ। बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ। विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ। यस कारण ओठमा चिल्लो पदार्थ/तैलीय पदार्थ दली फुट्न नदिन नरम पारेर राख्न सकिन्छ।

loading...