Logo
Logo

‘बुलबुल’ को टिजर सार्वजनिक

नायिका स्वस्तिमा खड्काको फिल्म ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको उक्त टिजरमा स्वस्तिलाई टेम्पो ड्राईभरको भूमिकामा देखाइएको छ ।यस्तै टिजरमा नव–नायक मुकुन भुषालको अभिनय पनि दमदार छ । आगामी फागुन ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको उक्त फिल्ममा स्वस्तिमालाई फरक अवतारमा देखाइएको छ ।

स्वस्तिमा र मुकुन बाहेक फिल्ममा बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी र सृष्टि भट्टराईको मुख्य भूमिका छ ।यस चलचित्र विनोद पोडेलको निर्देशनमा बनेको हो भने अविरल थापाले फिल्म निर्माण गरेका हुन् । ‘बुलबुल’ का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।

loading...
Please leave a comments
loading...