Logo
Logo

मेलोडी किङ”को रुपमा सुपरिचित दिपक खरेल साँझ भक्तपुरमा हुने

भक्तपुर साङीतिक समाजको आयोजनामा गायक दिपक खरेल को एकल साङीतिक कार्यक्रम “दिपक खरेल साँझ २०७५” हुने भएको छ। सो कुराको जानकारी आज एक पत्रकार सम्मेलन गरी दिइएको छ। कार्यक्रम यहि पुष २८ गते हुने भएको छ। भक्तपुर साङीतिक समाजको एकल आयोजनामा भक्तपुरको इम्पेरियल बेनक्वेट, सल्लाघारिमा हुन गइरहेकाे सो कार्यक्रममा नेपाली सुगम संगीतमा “मेलोडी किङ”को रुपमा सुपरिचित दिपक खरेलले आफ्ना चर्चित गीतहरु मध्येबाट १५ वटा गीतहरु प्रत्येक्ष संगीतमा पस्किने जानकारी आज गराइएको छ।
बाद्यबादनमा नेपालको चर्चित ब्याण्ड “द लिजेण्ड ब्याण्ड”ले गायक खरेल को प्रस्तुतिमा सहयोग गर्ने भएको छ। गत साल स्वर सम्राट नारायण गोपालको सम्झनामा “नारायण गोपाल स्मृति साँझ २०७४” को सफल आयोजना गरी हौसिएको समाजले यस्तै प्रकारको कार्यक्रम प्रत्येक बर्ष गर्ने उदेश्य अनुरुप यस पाली “दिपक खरेल साँझ” गर्न लागेको कुरा समाजका अध्यक्ष प्रविण शाहीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए।
पत्रकार सम्मेलनमा उपस्थित गायक खरेलले “पुरानालाइ‌ सम्मान र नयाँलाइ प्रोत्साहन” को‌ समाजको अभियानलाइ सहयोग गर्ने उदेश्यले आफूले प्रस्तुती दिन लागेको र नयाँ पुस्ताले बिर्सदै गइरहेको सुगम सङ्गीतको उत्थानलाई पनि यस्ता कार्यक्रमले थप टेवा मिल्ने बिचार ब्यक्त गरे।समाजका सल्लाहकार तथा बरिष्ठ रचनाकार सुबास चन्द्र ढुङ्गेलले दिपक खरेल जस्तो कहलिएका कलाकारको साङ्गितिक प्रस्तुतिले भक्तपुरको साङ्गितिक बिकासमा थप जोड मिल्ने र कार्यक्रमलाई सबैतिर बाट सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गरे।
दिपक खरेल सान्झ कार्यक्रम का संयोजक तथा समाजका सचिब अल्बर्ट बज्राचार्य ले बिगत को कार्यक्रम मा झै यस पाली पनि सबै दर्शक श्रोता हरुले भक्तपुर साङीतिक समाज को प्रयास लाई साथ दिनु हुनेछ भनि सबै पक्ष सङ सहयोग को लागि अनुरोध पनि गरे। सो पत्रकार सम्मेलन मा मिडिया संयोजक सुमन रन्जितकार ले सबै सन्चार कर्मीहरुलाई समाज को हाल सम्म को गतिबिधीको जानकारी गराउदै यो कार्यक्रमको सफलताले पाश्चात्य साङीत को बढ्दो प्रभाव बिच नेपाली सुगम सङीत लाई बचाइ राख्ने कुरा मा सानो भए पनि योगदान दिनेछ भन्ने बिस्वास ब्यक्त गरे। हुन लागेको कार्यक्रम भब्य र सभ्य बनाउने कुरा मा म र मेरो सम्पुर्ण इम्पेरियल बेन्क्वेट टिम ले सक्दो सहयोग गर्ने कुरा बेन्क्वेट का प्रमोटर तथा युवा उद्यमि रोमन सिलाकार ले ब्यक्त गरे।

 

loading...
Please leave a comments
loading...