Logo
Logo

‘गोपी’ को ट्रेलर सार्वजनिक

नायक विपिन कार्की तथा नायिकाद्वय वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार रिलिज गरिएको सो ट्रेलरमा विपिनलाई गाई पालन गरेको तथा दूध बेच्न हिँडेको देखाइएको छ ।

उनलाई एक गाई पाल्ने कृषकको भूमिकामा देखाइएको छ । सो चलचित्र आउँदो माघ ८ मा प्रदर्शन हुँदैछ । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बनेको यस फिल्ममा विपिन, वर्षा र सुरक्षाबाहेक अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपालको मुख्य भूमिका छ ।

Please leave a comments