Logo
Logo

ऋचा र छुल्ठिमको ‘यता न उता’ को ट्रेलर सार्वजनिक

नायिकाद्वय ऋचा शर्मा र छुल्ठिम गुरुङ अभिनित ‘यता न उता’ को ट्रेलर सार्वजनिक भएको छ । माघ अन्तिममा रिलिज हुने उक्त फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो ।

ट्रेलरमा कमेडी कथाको विषयमा बनाइएको छ । फिल्ममा ऋचा र छुल्ठिमबाहेक मिराज रोश, समिर दिक्षीत, बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । मिराज र विसारद बस्नेतको निर्देशनमा बनेको सो फिल्म माघ २५ देखि प्रदर्शन हुँदैछ ।

Please leave a comments