Logo
Logo

नबिन के भट्टराईको नयाँ गीत ” तिमि नै ” को म्युजिक भिडियो सार्वजनिक

नबिन के भट्टराईको नयाँ गीत ” तिमि नै ” को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमभाव बोल्ने गीतमा संजय भट्टराई , प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय देख्न सकिन्छ। गीतलाई फुर्सद टि. भी. ले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो।

गीतमा सरद राज मैनालीको संगीत र शब्द रहेको छ भने भिडियोलाई उनि आफैले निर्देशन गरेका छन्। प्रभु पे र न्यु एज म्युजिकको सहयोगमा रुपा मैनालीद्वारा निर्माण भएको उक्त भिडियोलाई युयुस ढकालले खिचेका छन् भने युबराज खत्रीले सम्पादन गरेका छन्।

loading...
Please leave a comments
loading...