Logo
Logo

प्रमोद खरेलको “काल्सेउली” भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उनको आवाजमा सजिएको ‘काल्सेउली’ बोलको गीत युटुबमा सार्वजनिक भएको हो ।रोजेल थापाको शव्द रचना तथा बिनय केटोको संगीतमा बनेको सो गीतको भिडियोमा चर्चित डान्स रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपालीको नृत्य एवं रोमान्स रहेको छ ।

यस्तै भिडियोमा कवितालाई दिव्य दाहालले साथ दिएका छन् । भिडियोमा रचनाकार रोजल थापाको निर्देशन रहेको छ भने भिडियोलाई चन्द्र कुमार पराजुलीले निर्माण गरेका हुन् । विरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

Please leave a comments