Logo
Logo

निशान भट्टराईको ‘मेरो आँखा’ बोलको भिडियो सार्वजनिक

नेपाल आइडल पहिलो सिजनका फस्ट रनरअप निशान भट्टराई र गरिमा केसीको आवाज रहेको ‘मेरो आँखा’ बोलको गीत सार्वजनिक भएको छ । दिग्गज धौराली शब्द रहेको गीतमा अर्जुन पौखरेलको संगीत तथा संगीत समायोजन रहेको छ । यो गीतको भिडियोमा करिष्मा श्रेष्ठ र अभिषेक श्रेष्ठ फिचर्ड छन् । करिश्मा कलाकार सलोन बस्नेतकी पुर्व प्रेमिका हुन् भने अभिषक नायक अनमोल केसीका डुप्लिकेट भनी चर्चामा आएका थिए । करिश्मा र अभिषेकको पहिलो म्युजिक भिडियो हो ।

बसन्त घर्ती मगरले खिचेको गीतको भिडियोलाई राम प्रसाद चौधरीले सम्पादन गरेका हुन् । सुभम भुजेलको कोरियोग्राफी रहेको गीतलाई शिशिर खत्रीले निर्देशन गरेका छन् ।

Please leave a comments