Logo
Logo

इ-कमर्श कम्पनी अमेजनले रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्‍याउने

इ- कमर्श कम्पनी अमेजनले रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्‍याउने सेवाको परीक्षण सुरु गरेको छ । अमेरिकाको वाशिङटन राजधानीमा अमेजनले आफ्नो डेलिभरी रोबोट स्काउटको परीक्षण सुरु गरेको हो ।

एउटा विज्ञापनिक भिडियोमा अमेजनको स्काउट रोबोटले ग्राहकको घरसम्म सामान पूर्‍याएको र सामानको क्रेता घरबाहिर निस्किएलगत्तै रोबोटको ढोका स्वचालित रुपमा खुल्ने र क्रेताले आफ्नो सामान आफै निकाल्न सक्ने देखिएको छ ।
अमेरिका राज्यको नोहोमिस काउन्टीमा विभिन्न ६ वटा स्वचालित रोबोट ट्रकबाट ग्राहकको घरसम्म सामानहरुको पूर्‍याउन सुरु गरिएको छ ।

अमेजनका उपाध्यक्ष सिन स्कटका अनुसार स्काउट रोबोट ट्रकहरु अमेजनको सिएटलस्थित अनुसन्धान तथा विकास ल्याबमा तयार गरिएको हो । यो रोबोटले सडक पेटीमा गुडिरहँदा बाटोमा रहेका मानिस, कुकुरहरु तथा अन्य चिजवस्तुलाई समेत राम्रोसँग पहिचान गर्नसक्दछ र दुर्घटनाको सम्भावना रहेको छैन ।

यद्यपि रोबोटको उक्त डेलिभरी प्रक्रिया कसरी हुन्छ भन्ने कुराको विस्तृत विवरण दिइएको छैन । साथै यदि ग्राहक उक्त समयमा घरमा नभएमा सामान लिएर गएकेा रोबोटले के गर्छ ? भन्ने कुरा पनि बताइएको छैन ।

यद्यपि स्काउट मात्र एउटा रोबोट होइन जसले बजारमा सामानहरुको आपूर्ति गर्दछ । रोबोट कम्पनी स्टारर्ससीप टेक्नोलोजिजले हालै दुई दर्जन यस्ता स्वचालित रोबोटहरु उत्पादन गरेको छ जसले भर्जिनियास्थित कलेजका विद्यार्थीलाई कफी र पिज्जा डेलिभरी गर्दछ ।

जर्ज म्यासन विश्वविद्यालयका क्याम्पस हातामा एपमार्फत अर्डर गरिसकेपछि रोबोटले सामान डेलिभर गर्दछ ।
त्यस्तै सन फ्रान्सिस्कोमा यसअघि नै विभिन्न प्रविधि कम्पनीहरुले डेलिभरी रोबोट बनाएर प्रयोगमा ल्याइरहेका छन् ।

 

Please leave a comments