Logo
Logo

मन्त्री लालबाबु पण्डित रोए ‘सयकडा दश’ हेर्दा

संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार फिल्म ‘सयकडा दश’ हेरेका छन् ।
फिल्म हेरेपछि मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय फिल्म तय गरिनुपर्ने बताए । उनले भ्रष्टाचारको सामाजिक प्रभाव चित्रण गरिएको फिल्म ‘सयकडा दश’लाई राष्ट्रिय फिल्म भन्न सकिने तर्क पेश गरे ।

नले छेवैमा उभिएका अभिनेता एवं राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे । फिल्ममा पौडेल एक भ्रष्ट सरकारी अधिकृतको भूमिकामा प्रस्तुत छन् । मुख्य सचिव रेग्मीले फिल्म समसामयिक र सन्देशमुलक रहेको भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।

 

अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि फिल्म सशक्त माध्यम भएको बताए । ‘सयकडा दश भ्रष्टाचार नियन्त्रण र सदाचार समाज बनाउनका लागि एउटा आदर्श हो’ उनले भने, ‘सरकार मात्र हैन, नागरिक समेत यसतर्फ चेतनशिल हुनु जरुरी छ ।’

शुक्रबार रिलिज भएको रामशरण पाठक निर्देशित फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको अभिनय छ । फिल्मले शनिबार मल्टिप्लेक्स र एकल पर्दामा राम्रो व्यापार गरेको निर्मात्री रज्जु प्रधानले बताइन् । दर्शन नेपाल क्रिएसनले निर्माण गरेको फिल्मलाई गतसाता थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिएको थियो ।

Please leave a comments