Logo
Logo

सन्दीप लामिछाने बिग बास खेल्नका लागि अष्ट्रेलिया जाने भएका छन् ।

नेपाली युवा बलर सन्दीप लामिछाने अष्ट्रेलियन लिग बिग बास खेल्नका लागि अष्ट्रेलिया जाने भएका छन् ।

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । तर, राष्ट्रिय टोलीका साथ नेपाल नआई बिग बास लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएइ)बाटै अष्ट्रेलिया जाने भएका हुन् ।

उनी सो लिग बीचमै छोडेर बिपिएलका लागि बङ्गलादेश गएका थिए । बङ्गलादेशबाट राष्ट्रिय टोलीबाट यूएइमा तीन एक दिवसीय र तीनवटा टि–२० शृङ्खला खेलेका उनी पुनः अष्ट्रेलिया जान लागेका हुन् ।

अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको शुरुआती चार खेल खेलेर सन्दीप बङ्गलादेश प्रिमियर लिग (बिपिएल) लिग खेल बङ्गलादेश आएका थिए ।

loading...
Please leave a comments
loading...