Logo
Logo

यसरी गरे अनमोल र सुहानाको रोमान्स ‘ए मेरो हजुर ३’को टिजरमा

नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको छ ।

आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउने सो फिल्मको टिजर आइतबार सार्वजनिक भएको हो । टिजरमा अनमोल र सुहाना रोमान्टिक अवतारमा देखिएका छन् । गत असोज २६ बाटे छायांकन सुरू भएको यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो ।

यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकनमा बनेको यस फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । यस्तै अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

यस चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ । यस फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिष अविरलको संगीत रहेको छ ।

 

Please leave a comments