Logo
Logo

‘तिमी नै मेरो सास हौ’बोलको गीत सार्वजनिक

लोकप्रिय गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको  छ। उनले दर्शकमा ‘तिमी नै मेरो सास हौ’बोलको गीत सार्वजनिक गरेका हुन्।आवाजमा ‘तिमी नै मेरो सास हौ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसलाई लक्षित गरेर प्रेमको कथा भन्ने यो गीत सार्वजनिक गरिएको हो । आशिष अविरलको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । यही जोडीले अभिनय गरेको ‘आशुको अर्थ’ बोलको गीतले युटुबमा १ करोड बढी भ्यूज पाइसकेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।

loading...
Please leave a comments
loading...