Logo
Logo

चलचित्र ‘ए मेरो हजुर ३’को टिजर रिलिज

अभिनेता अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को टिजर रिलिज भएको छ । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बनेको यो चलचित्रमा झरनाको छोरी सुहाना थापाले डेव्यु गर्दैछन् । म्युजिकल लभ स्टोरीमा बनेको ए मेरो हजुर ३ को टिजरमा अनमोल र सुहानाको केमेस्ट्रीलाई देखाइएको छ ।

आँउदो नयाँ बर्ष २०७६ को अवसर पारेर चैत्र २९ गते रिलिज हुने यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा संजय लामाको छायाँकन रहेको छ । चलचित्रमा फिल्ममा आशिष अविरल, कल्याण सिंह र प्रतिक पौडेलको संगीत रहेको छ । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ टिजर (भिडियो)

loading...
Please leave a comments
loading...