Logo
Logo

चलचित्र ‘यात्रा’को ‘पाँच पन्छी’बोलको गीत सार्वजनिक

चलचित्र ‘यात्रा’को ‘पाँच पन्छी’बोलको गीत सार्वजनिक भएको हो । सलिनमान बानियाँ र सलोन बस्नेतको मुख्य अभिनय रहेको चलचित्र यात्रा आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको ‘पाँच पन्छी’बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायिका मेलिना राई तथा गायक धर्मेन्द्र सेवानको स्वर रहेको छ । प्रतिक पौडेलको शब्द तथा संगीतमा बनेको उक्त गीतमा मेलिना र धर्मेन्द्रको साथमा प्रेक्ष्या बज्राचार्य र उपकार पाण्डेको पनि स्वर छ । प्रविन सिंहका कोरियोग्राफीमा बनेको उक्त गीतको भिडियोमा पाँच जना कलाकारलाई यात्रा देखाइएको छ ।

यस फिल्ममा ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका सलिनमानलाई नायकको रुपमा र अर्का नायक सलोनलाई खलनायकको रुपमा देखाइएको छ । केशव भट्टराई र सुशील पोखरेलले संयुक्त निर्माणमा निर्माण गरेको यस फिल्म सम्राट शाक्यको निर्देशनमा बनेको हो ।

सम्राटले यसै चलचित्रमार्फत् निर्देशनमा डेब्यू गरेका हुन् । यस फिल्ममा सलिनसँगै जान्भी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, मल्लिका महत एवं विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीकोलगायतको अभिनय रहको छ ।

 

 

Please leave a comments