Logo
Logo

नायक संजोग कोइराला र नायिका बर्षा राउतको इन्गेजमेन्ट

नायक संजोग कोइराला र नायिका बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् । भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो ।

जोडीले सोमबार इन्गेजमेन्ट गरेको हो । इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए । यो जोडीले फागूण २ गते प्रेमदिवसको अवसर पारेर बिहे गर्दैछ । बिहेमा पनि आफन्तलाई मात्र निमन्त्रणा गरिएको छ ।

नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । छन् । बिहेपछि यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम बनाएको छ । अब यो जोडीको नाम ‘सन्सा’ राखिएको छ ।

जोडीले फागूण ३ गते भने काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना छ ।

loading...
Please leave a comments
loading...